बैतडीमा कोरोना : ८ स्थानीय तहमा सकृय संक्रमित शुन्य
धनगढी : बैतडीका ८ ओटा स्थानीय तहहरु कोरोनाको शुन्य सकृय संक्रमित भएका पालिका बनेका छन् ।
स्वास्थ्य कार्यालय बैतडीका अनुसार कोरोना पुष्टि भएका सबै जना निको भएपछि ८ ओटा पालिकाहरु शुन्य सकृय संक्रमित पालिका भएका हुन् ।
जसमा मेलौली नगरपालिका, पुर्चाैडी नगरपालिका, पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिका रहेका छन्।
जिल्लामा दोगडाकेदार गाउँपालिकाका १ जना र दशरथचन्द नगरपालिकाका २ जना गरी ३ जना मात्रै कोरोनाका सकृय संक्रमित रहेका छन् ।