बाजुरामा करेन्ट लागेर दुई जनाको मृत्यु
२०७५ भदौ २१, ०६:४९
बाजुरामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । खेतबारीमा काम गर्दै गर्दा चुडिँएर जमिनमा पुगेको विद्युतको तारले छुदा बुढीनन्दा नगरपालिका ३ मेलढुस्काकी ४५ वर्षिया साउनीकला बोहरा र ५० वर्षीय श्रीमान बुदे बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । करेन्ट लागेकी साउनीकलालाई बचाउन खोज्दा बुदेलाई पनि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।
कमेन्ट लोड गर्नुस