सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ सय रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

२०७७ माघ ५, १२:२५ रासस

काठमाडौँ : लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । 

स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले घटेको छ। प्रतितोला ९१ हजार ८०० रुपैयाँमा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

यस्तै तेजाबी सुन आइतबार तोलामा ९१  हजार ३०० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने  ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। चाँदी तोलामा एक हजार २३० रुपैयाँमा कारोवार हुनेछ । 

कमेन्ट लोड गर्नुस