सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानेपानी सरसफाई तथा स्वच्छता सामग्री वितरण

२०७७ माघ ४, ०३:१२ खबर संवाददाता

धनगढी : कैलाली र कञ्चनपुरका दुई अस्पतालमा कोरोना रोकथामका लागि खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी योजना हस्तान्तरण गरिएको छ। 

आइतबार कोरोना रोकथामका लागि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, युनिसेफ र निड्स नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड १९ रेस्पोन्स अन्तर्गत अस्पतालहरुको खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी सामग्री हस्तान्तरण गरिएको हो। 

जस अन्तर्गत कञ्चनपुरको बेलौरी प्राथमिक स्वास्थ्य केन्द्र र कैलालीको मालाखेती अस्पतालमा उक्त सामग्री वितरण गरिएको बताइएको छ। 

खानेपानी सरसफाई तथा स्वच्छता सामग्री वितरण एवम् सम्पन्न योजना हस्तान्तरण कार्यक्रम नाम दिइएको सो कार्यक्रममा निड्स नेपालका तर्फबाट कार्यकारी निर्देशक भवराज रेग्मी, अध्यक्ष अञ्जु जोशी भट्ट र उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशीको उपस्थिति रहेको थियो।


 

कमेन्ट लोड गर्नुस