सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश सञ्चार गृहद्वारा संवाददाता जैरूको स्वागत, प्राविधिक सदाशंकरको बिदाई

२०७७ माघ ४, ०२:३८ खबर संवाददाता

धनगढीः दिनेश सञ्चार गृहले पत्रकार सरेन जैरूलाई संवाददाताका रूपमा स्वागत गरेको छ। आईतबार गृहका प्रबन्ध निर्देशक गोपाल हमालले जैरूलाई संवाददाताका रूपमा स्वागत गरेका हुन्। 

हमालले पत्रकार जैरूले संस्थामा जुझारू पत्रकारका रूपमा काम गर्ने विश्वास व्यक्त गरे।

विगत ६ वर्षदेखि पत्रकारितामा आवद्ध जैरुले भारतको राजधानी नयाँ दिल्लीमा नेपाली भाषाको टेलिभिजन च्यानल नेपाल वान, अल इण्डिया रेडियो नेपाली सेवा र नेशलन लाईभमा काम गरिसकेका छन। 

उनले आफ्नै प्रदेशमा काम गर्न पाउँदा खुसी व्यक्त गरे। 

यस्तै दिनेश सञ्चार गृहले भिडियो प्राविधिक नविन सदाशंकरको बिदाई गरेको छ। 

विगत २ वर्षदेखि संस्थामा काम गर्दै आएका सदाशंकरको बिदाइ गर्दै संस्थाका प्रबन्ध निर्देशक हमालले आगामी व्यवसायीक र व्यक्तिगत जीवनको सफलताको शुभकामना दिए।

कमेन्ट लोड गर्नुस