सुदूर नेपाललाई विश्वसँग जोड्दै

७ सय रुपैयाँले ओरालो लाग्यो पहेंलो धातु

२०७७ माघ ४, १२:२२ रासस

काठमाडौँ : स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज पनि ओरालो लागेको छ ।

तोलामा नै ७०० रुपैयाँले ओरालो लागेर साताको पहिलो दिनको कारोवार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोवार भएको छ । 

छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै ७०० रुपैयाँले घटेको छ । 

९२ हजार रुपैयाँमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोवार भएको छ । यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेको छ ।

एक हजार २६० रुपैयाँमा शुक्रबार कारोवारर भएको चाँदी आज भने एक हजार २३० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

कमेन्ट लोड गर्नुस