सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फूटबल प्रतियोगिता हुने

२०७७ माघ ४, १२:०१ खबर संवाददाता

धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

कञ्चनपुर जिल्ला फूटबल संघ र सुदूरपश्चिम प्रदेश फूटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यहि माघ १२ गतेदेखि महेन्द्रनगरको खुल्ला मञ्चमा पुरुष खुल्ला युनाइटेड फूटबल आमन्त्रण कप -२०७७ हुने भएको हो ।

सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरि महेन्द्रनगर क्षेत्रकै सबैभन्दा ठुलो धनराशि भएको पुरुष खुल्ला युनाइटेड फूटबल आमन्त्रण कपको आयोजना गरिएको पूर्व खेलाडी एवम् प्रतियोगिताका संयोजक महेन्द्र चन्दले बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागि हुने क्लबका लागि माघ १० गते साँझ ४ बजेसम्म टीम दर्ता गर्ने समय तोकिएको छ । प्रतियोगिता नकआउटका आधारमा खेलाईने र प्रतियोगिताको च्याम्पियन हुने टिमका लागि नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमका लागि ५० हजार नगद पुरस्कारको घोषणा गरिएको छ ।

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने बताइएको छ ।
 

कमेन्ट लोड गर्नुस