सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाथरूममा आउँछ सबभन्दा धेरै हार्ट अट्याक, हुनुस् सावधान

२०७७ माघ २, १२:०३

हार्ट अट्याक अर्थात् हृदयघात आजकल विकराल समस्याका रूपमा रहेको छ । हृदयघात अचानक हुन्छ तर यसका विभिन्न कारण हुन्छन् । खराब जीवनशैली र रद्दी खानपानले हृदयघात गराउँछ । त्यसो त हृदयघातको कुनै निश्चित समय हुँदैन तर यो सबभन्दा बढी बिहान बाथरूममा हुने गरेको देखिएको छ ।

हृदयघातको सीधका सम्बन्ध रगतसँग हुन्छ । रगतमार्फत शरीरमा अक्सिजन र पोषक तत्त्वहरू पुग्छन् । तर मुटुको मांसपेशीका धमनीहरूमा बाधा आइलाग्दा मुटु ढुकढुक हुने गति असन्तुलित हुन्छ । यसलाई नै हृदयघात भनिन्छ । बिहान शौचालय जाँदा पेट सफा गर्नका लागि मानिसहरूले प्रेसर दिन्छन् । यस्तो प्रेसर दिँदा मुटुको धमनीमा बढी दबाब पर्छ । यसले हृदयघात गराउन सक्छ । 

अनि बाथरूमको तापक्रम अन्य कोठाको भन्दा अलि कम नै हुन्छ । यस्तो स्थितिमा शरीरको तापक्रमलाई सन्तुलित गर्न र रगतको प्रवाह कायम गर्न बढी मेहनत गर्नुपर्छ । यसले पनि हृदयघात गराउन सक्छ । अनि बिहानबिहान रक्तचाप अलि बढी नै हुन्छ । यस्तो बेलामा चिसो वा तातो पानी सीर्ध टाउकोमा हाल्दा रक्तचाप प्रभावित हुन्छ । यसले हृदयघातको सम्भावना बढाउँछ । 

यसबाट बच्नका लागि शौचालयमा एउटै पोजिसनमा बसिरहन हुँदैन । अनि नुहाउँदा पानीको तापक्रमलाई विचार गर्दै शुरूमा गोडा भिजाउनुपर्छ । अनि हलुका गरी पानी टाउकोमा हाल्नुपर्छ । पेट खलास गर्नका लागि धेर जोड दिनुहुँदैन र हतार पनि गर्नुहुँदैन । लामो समय बाथटबमा बसिरहेमा पनि धमनीमा असर पर्छ र हृदयघात हुन्छ । -एजेन्सी 

कमेन्ट लोड गर्नुस