सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा कैलालीमा वडादेखि जिल्लासम्म नेता तानातान, को कति बलियो?

फाईल फोटो
फाईल फोटो
२०७७ माघ २, ०६:३४ कमल सावद

धनगढीः नेकपा विभाजनपछि कैलालीमा पनि वडादेखि जिल्ला तहसम्म पनि नेता कार्यकर्ता तानातानको सिलसिला जारी रहेको छ। 

पार्टी विभाजित देखिएपनि औपचारिक रुपमा अलग नभइसकेका बेला दुवै समूह सबै ठाउँमा बलियो उपस्थिती देखाउँने रणनीतिअनुसार नेता, कार्यकर्ता तानातानमा लागेका देखिन्छन्। 

प्रचण्ड–नेपाल समूहले जिल्ला कमिटिमा बहुमत पदाधिकारी र सदस्यहरु आफूसँगै रहेको दाबी गरिरहेको छ भने गाउँ र नगर कमिटिमा भने करिब दुवै समूह सामान हैसियतमा देखिएको जिकिर गरिएको छ। 

जिल्लामा एक समूहले अर्को समूहका नेतामाथि कारवाही गर्दै आफूअनुकुलको संगठन विस्तारका कामलाई गति दिइएको छ। 

पार्टी एक हुँदा कायम रहेको १ सय ७५ सदस्यीय जिल्ला कार्य समितिलाई ओली समूहले विस्तार गर्दै ५ सय ५१ सदस्यीय बनाएको छ भने अर्को समूहका नेतामाथि कारवाही गरिएको छ। 

तर तत्कालीन नेकपा एमाले र नेकपा माओवाली केन्द्रको एकतापछि गठित कार्यसमितिका अध्यक्ष रतनबहादुर थापासहित ३५ जना मात्र प्रधानमन्त्री ओली समूहमा रहेको दाबी अर्को समूहले गर्दै आएको छ।

एक सय ४० जना भने आफूसँगै रहेको प्रचण्ड–नेपाल समूहका जिल्ला सचिव लालबहादुर सोडारीले दाबी गरे। 

“जिल्ला कमिटिमा हाम्रो २ तिहाइ छ। एक सय ४० जना हामीसँग रहेका छन्। कोही पनि ओली समूहमा गएका छैनन्,” उनले भने।

तर ओली समूहले भने जिल्ला कमिटिका झण्डै एक सय बढि संख्या आफ्नो पक्षमा रहेका बताउँदै आएको छ। 

स्थानीय तहका निर्वाचित प्रमुख, उप–प्रमुखहरुमा पनि बहुमत संख्या आफूतिरै रहेको जिकिर गरिएको छ। खासगरी गोदावरी, गौरीगंगा, घोडाघाोडी, टीकापुर नगरपालिका र चुरे तथा मोहन्याल गाउँपालिकाका प्रमुख र उपप्रमुख आफूसँगै भएको नेकपा ओेली समूह कैलालीका नेता रणबहाहदुर चन्दले बताउँछन्।

तर लम्कीचुहा नगपालिका, भजनी नगरपालिका र  कैलारी गाउँपालिकाका प्रमुख मात्रै प्रचण्ड–नेपाल समूहमा गएको दाबी गरिन्छ। 

गाउँ तथा नगरमा समेत नेता कार्यकर्ता आफ्नो पक्षमा पार्न दुबै समूहले सक्रियता बढाएका छन। 

पार्टी एकता हुने बेला विस्तार गरिएका गाउँ तथा नगर कमिटिमा  धनगढी उप–महानगरपाािलका, गौरीगंगगा, लम्कीचुहा, टीकाकपुर र भजनी नगरपालिका, चुरे र मोहन्याल गाउँपालिका कमिटिका अध्यक्ष प्रचण्ड–नेपााल समूहमा रहेको बताइन्छ। 

गोदावरी, घोडाघोडी नगरपाािलका तथा बर्दागोरिया गाउँपालिका कमिटिका अध्यक्ष भने ओली समूहमा नै रहेको चन्दले बताए। 

१३ नगर तथा गाउँ कमिटिको अध्यक्ष आाफ्नो पक्षमा नभएपनि सचिवहरुको संख्या ओली पक्षमा रहेको दाबी उनको छ। 

तर जिल्ला कमिटि, नगर तथा स्थानीय पालिकाहरुमा झण्डै २ तिहाइकोे संख्या आफ्नो पक्षमा रहेको दाबी प्रचण्ड–नेपाल समूहका सचिव सोडारीले गरेका छन्।

यद्यपी पार्टी औपचारिक रुपमा विभाजित भएपछि भने अहिलेको समिकरण फेरी तलमाथी पर्ने अनुमान गरिएको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस