सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा जीप दुर्घटना

२०७७ पुष २९, ०२:०२ खबर संवाददाता

दार्चुला: दार्चुुलामा जीप दुर्घटना भएको छ।

जिल्लाको मार्मा गाउँपालिकाको लटिनाथबाट पारिबगडतर्फ जाँदै गरेको म१ज ३२४ नम्बरको जीप मार्मा गाउँपालिका वडा नम्बर २ सिमार बजार नजिक बुधबार विहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

दुर्घटनामा परि २ जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते हुनेहरुमा मार्मा गाउँपालिका वडा नम्बर ३ का १८ वर्षीय भुवन धामी र बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानाराका १८ वर्षीया लक्ष्मी धामी रहेका छन्। 

जीपमा २ जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ। जीप सडकबाट करिव ५०÷६० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

दुर्घटनाको कारण खुल्न सकेको छैन।

कमेन्ट लोड गर्नुस