सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा अटो रिक्सा सेती नदीमा खस्दा १ जनाको मृत्यु, ४ घाइते

फाईल फोटो
फाईल फोटो
२०७७ पुष २९, ०६:१४ खबर संवाददाता

धनगढीः डोटीमा अटो रिक्सा सेती नदीमा खसेर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। 

मंगलबार दिउँसो केआईसिंह राजमार्गको बान्डुरीसैनबाट दिपायलतर्फ जादै गरेको  STSTC 2-02-001SAHA5402  नम्बरको अटो सडकबाट झण्डै ७० फिट तल सेती नदीमा खस्दा शिखर नगरपालिका–२ बस्ने ५५ वर्षीय पदम जोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परि चालकसहितका अटोमा सवार ४ जना घाइते भएका छन।

घाइते हुनेमा चालक जीतबहादुर जोरा, नरेश पार्की, दीपक जोरा र अर्जुन पार्की रहेको ट्राफिक प्रहरीले जनाएको छ। उन    ीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस