सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ४३० जनामा कोरोना पुस्टि, ५ संक्रमितको मृत्यु

२०७७ पुष २८, ०४:४८ खबर संवाददाता

धनगढी : नेपालमा थप ४३० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३०० जनाको पिसिआर परिक्षणमा ४३० जनामा कोरोना संक्रमण देखिएको हो। 

हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पिसिआर परिक्षण भएको छ। जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ।  ३९० जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। योसँगै  २ लाख ५९ हजार ३५८ जना व्यक्ति संक्रमणमुक्त भइसकेका छन्।

आज ५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म मृत्यु हुने संक्रमितको संख्या  १ हजार ९३२ पुगेको छ।

आज देशभर ४ हजार ४०८ संक्रमित सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। २३६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

कमेन्ट लोड गर्नुस