धनगढीमा बिजुलीको पोलमा आगलागी
धनगढी: धनगढीमा बिजुलीको पोलकाे तारमा आगलागी भएको छ।
मोहना–अत्तरिया सडकखण्डको राजपुरनजिक रहेको बिजुलीको पोलमा एक्कासी आगलागी भएको स्थानीयले बताएका छन्।
बिजुली सट भएर आगलागी भएको हुनसक्ने विद्युत प्राधिकरण कैलालीका अधिकारीहरुले जनाएका छन्।
आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्थायनीले बताएका छन्।
तर आगलागीबारे प्राधिकरणलाई जानकारी गराउँदा बेवास्ता गरिएको स्थानीयले गुनासो गरेका छन्।