सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीएम कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट, को–को परे टिममा ?

२०७७ पुष २८, ०१:२९ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ।

गत मंसिरमा सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगिता र त्यसपश्चात सञ्चालन गरिएको क्याम्पमा गरेको प्रदर्शनका आधारमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। 

नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरी रेग्मीका अनुसार सन्तोष भट्टको कप्तानीमा सुदूरपश्चिम प्रदेशको टोली छनौट गरिएका छ। उपकप्तानमा खडक बहादुर बोहरा, विकेटकिपरमा अर्जुन साउँद छन्। 

अन्य सदस्यहरुमा अरुण ऐरी, गजेन्द्र बोहरा, सञ्जु दमाई, सुरज तिरुवा,किरण ठगुन्ना,विनोद लामा,शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र साउँद र भोजराज भट्ट छनौट भएका छन्। यस्तै विरेन्द्र नाथ, दिपेन्द्र सिंह ऐरी,विक्रम थापा र विकास आग्री वैकल्पिक खेलाडीका रुपमा छनोट छन्। 

टिम व्यवस्थापनकमा शेरसिंह खत्री र प्रशिक्षकमा विरेन्द्र शाही रहेका छन्।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी माघ २ गतेदेखि काठमाडौंमा हुँदैछ।
 

कमेन्ट लोड गर्नुस