सुदूर नेपाललाई विश्वसँग जोड्दै

बढ्यो सुनको मूल्य

२०७७ पुष २८, ०१:१८ रासस

काठमाडौँ: लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ।

प्रतितोला ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ६०० ले वृद्धि भई ९२ हजार ८०० पुगेको छ। 

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।  तोलामा  ९१ हजार ७०० मा तेजाबी सुन सोमबार कारोवार भएको थियो।

यस्तै चाँदीमा आज तोलामा २० ले वृद्धि भएको छ। एक हजार २३० मा सोमबार कारोवार भएको चाँदी आज एक हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

कमेन्ट लोड गर्नुस