सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रथम बेलौरी गोल्डकप खुल्ला फूटबल प्रतियोगिता हुने

२०७७ पुष २८, ०८:५३ रक्षा भट्ट

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिकामा प्रथम बेलौरी गोल्डकप खुल्ला फूटबल प्रतियोगिता हुने भएको छ ।

नगरपालिकाको वडा नम्बर १ वडा खेलकुद विकास समितिको आयोजनामा फूटबल प्रतियोगिता हुने भएको हो ।

विकास, अनुशासन, गतिशीलता भन्ने मूल नाराका साथ त्यहाँस्थित गोकुलपुर बजारको खुला मञ्चमा माघ ३ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।

प्रतियोगितामा प्रमाण पत्र र ट्रफिका साथै विजेता टीमलाई १ लाख १६ हजार नगद, द्वितीय हुने टीमलाई ५५ हजार ५ सय ५५, उत्कृष्ट खेलाडीलाई ५ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई ३५/३५ सय र प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ सय ११ रुपैयाँ नगद प्रदान गरिने खेलकुद समितिका अध्यक्ष रकम शाहीले बताए ।

हालसम्म प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरी १७ ओटा टीम दर्ता भएको र टीम दर्ता जारी नै रहेको उनले बताए ।


 

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस