बैतडीको गोकुलेश्वरमा पृथ्वी जयन्तीको अवसरमा दिप प्रज्वलन
बैतडी: बैतडीमा पनि २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ। जयन्तीका अवसरमा डिलाशैनी गाउँपालिका गोकुलेश्वर बजारमा दिप प्रज्वलन गरिएको हो।
सोमबार साँझ स्थानीय नागरिकहरुको अगुवाइमा दिप प्रज्वलन गरिएको स्थानीय भुपेन्द्र मालले बताए।
राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको योगदानको कदर गर्न सरकारी तवरबाटै नमनाइदा आफूहरुले जनस्तरबाटै दिवस मनाएको अर्का स्थानीय देबेन्द्र मालले बताए।
यस्तै मालले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने बताए।