धनगढीमा २५ लाख लगानीमा खुलेको मासु पसल, जहाँ मशिनले काटिन्छ मासु
धनगढी : विदेशबाट फर्किएका दिवस जोशीले धनगढीमा २५ लाख लगानी गरेर मासु पसल सञ्चालनमा ल्याएका छन्।
पोर्चुगलबाट फर्किएका जोशीले धनगढी उप–महानगरपालिकाको वडा नम्बर ५ हसनपुरमा २५ लाख लगानी गरेर मासुपसल सञ्चालनमा ल्याएका हुन्।

पोर्चुगलमा समेत रेष्टुरेण्ड चलाएका जोशीले धनगढीमा पनि सिटी मिट्स नामक मासुपसल सञ्चालनमा ल्याएको बताए। ‘धनगढीका उपभोक्तालाई गुणस्तरिय मासु उपलब्ध गराउन पसल संञ्चालनमा ल्याए,’ उनले भने, ‘हामीसँग तापक्रम नियन्त्रण गर्ने मेसिन पनि छ, जसमा राखेको मासु बिग्रीने सम्भावना हुँदैन्।’


यस्तै मासुपनि मशिनबाट नै काट्ने उनले बताए। ‘मशिनबाट मासु काट्दा मासु र हड्डी टुक्रा पर्ने सम्भावना न्यून हुन्छ र ग्राहकले राम्रो मासु उपभोग गर्न पाउँछन्’ जोशीले भने।
उक्त सिटी मिट्समा बोईलर, लोकल लगायतका कुखुरा र खसीको मासु बिक्रि भइरहेको छ। यस्तै धनगढीमा फ्रि होम डेलिभरीको व्यवस्था समेत सिटी मिट्सले गरेको छ।