सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिका-५ मा बाल क्लव गठन

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ पुष २७, ०५:४२ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ मा वडा स्तरीय बाल क्लव गठन गरिएको छ ।

धनगढी नगर बाल सञ्जालको आयोजना र धनगढी उपमहानगरपालिकाको समन्वयमा सो वडामा बाल क्लव गठन गरिएको हो । क्लवको अध्यक्षमा अञ्जली उपाध्याय र उपाध्यक्षमा डबल नेगी रहेका छन् ।

त्यसैगरी सचिवमा मनिष बोहरा, सहसचिवमा सृष्टि सिंह, कोषाध्यक्षमा निशा देउवा रहेका छन् । कार्यसमिति सदस्यमा भावना अवस्थी, सृष्टि साउँद, सन्तोषी शाही, आस्था बोहरा, होम बहादुर घर्तिमगर, पुष्कर धामी, एकेश खड्का, प्रकाश साउँद रहेका छन् ।

त्यसैगरी काजल विष्ट, हेमा उपाध्याय, छायाँ जोशी, पूर्णिमा बडु, प्रिया साउद, करुणाकर जोशी, राकेश महर र सुशीला चौधरी गरी ८ जना साधारण सदस्यसहित २१ जनाको तदर्थ समिति गरिएको छ ।

कमेन्ट लोड गर्नुस