सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ डडेल्धुराको अध्यक्षमा मल्ल
डडेल्धुराः सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल डडेल्धुराको अध्यक्षमा सुरेन्द्र मल्ल चयन भएका छन्।
शनिबार सम्पन्न जिल्ला भेलाले भद्रपुर मावि अजयेमरुका अध्यक्ष मल्ललाई सर्वसम्मत चयन गरेको हो।
१५ सदस्यीय समितिको उपाध्यक्षमा पदमबहादुर देउवा, सचिवमा उत्तिमा पाल, कोषाध्यक्षमा लोक ताम्राकार चयन भएका छन्।
यस्तै सदस्यहरुमा छत्रराज जोशी, हरिकृष्ण पाल, पदमबहादुर बिष्ट, दानबहादुर लुहार, देवराज भट्ट रहेका छन्। बाँकी ६ सदस्य जिल्ला समितिको बैठकबाट चयन गर्ने गरी नयाँ समिति निर्माण गरिएको छ।
जिल्ला भेला सुदूरपश्चिम प्रदेश सदस्य सुरेश तमोलीको अध्यक्षतामा सम्पन्न भएको हो।
जिल्लामा २५० वटा सामुदायिक विद्यालय रहेका छन्।