सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसायीक कालिज पालन

फाइल फोटो
फाइल फोटो
२०७७ पुष २६, ०१:०८ रासस

जुम्लामा कालिजपालन व्यवसाय शुरु गरिएको छ । पर्यटक प्रवद्र्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि गुठीचौर गाउँपालिका–४ बिगारे गाउँमा कालिजपालन शुरु गरिएको हो ।

जुम्लामै हजारौँ सङ्ख्यामा कालिजपालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जङ्गली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको सञ्चालक महाकृष्ण पाण्डेले बताए ।

उनका अनुसार महालक्ष्मी कालिज फार्म खोलेर व्यवसाय शुरु गरिएको छ । स्वदेशमै स्वरोजगार सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ व्यवसाय शुरु गरिएको पाण्डेले बताए ।

हिमाली हावापानीमा पालिएको कालिज पोषणका हिसाबले पनि निकै उत्तम हुने पशुपक्षी विज्ञ बताउँछन् । यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक भएको ग्राहकले समेत भन्न थालेका बताइएको छ । भेटनरी तथा पशुपालन विकास कार्यालयका प्रमुख गोविन्द महतले यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक हुने बताए ।

एक हजार उत्पादनको लक्ष्य 

जुम्लामै कालिजका चल्ला उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको सो फार्म भविष्यमा रिसर्च सेन्टरका रूपमा समेत विकसित गर्ने तयारी रहेको छ । यसका साथै एक हजार बढी चल्ला उत्पादन गर्ने लक्ष्य लिइएको सञ्चालकले जनाएका छन् । 

तीन वर्षमा जुम्लालाई आवश्यकपर्ने कालिज उत्पादन गर्न सकिने सञ्चालकको दाबी छ ।     रु १५ लाख लगानी गरी फार्म खोलिएको हो । अहिले फार्ममा ४० पोथी र ११५ भाले कालिज रहेका छन् ।
 

कमेन्ट लोड गर्नुस