सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यमा प्रतितोला दुई हजार ३०० ले गिरावट

२०७७ पुष २६, १२:३७ रासस

काठमाण्डौँः स्थानीय बजारमा आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला दुई हजार ३०० ले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार छ । प्रतितोला ९५ हजार ३०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला दुई हजार ३०० ले ओरालो लागेर ९३ हजार कायम भएको    छ ।

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९२ हजार ५०० तोकिएको छ । प्रतितोला ९४ हजार ८०० मा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज दुई हजार ३०० ले नै ओरालो लागेको हो ।

यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार एक हजार ३३० मा कारोवार भएको थियो ।

चाँदी तोलामा ६० ले घटेको हो । 

कमेन्ट लोड गर्नुस