सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका चोक–चोकमा सुरक्षाकर्मी

२०७७ पुष २४, ०९:०१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीसहित कैलालीको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली आउने  भएपछि शुक्रबार बिहानैदेखि धनगढीसहित जिल्लाका सबै ठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ। 

जिल्ला सुरक्षा समितिको बैठकबाट बनाइएको सुरक्षा रणनीति अनुसार धनगढीका चोक–चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। धनगढी विमानस्थलदेखि राष्ट्र बैँक चोक तथा जनसभा हुने खुलामञ्च सम्म ठाउँ ठाउँमा दर्जनौँ सुरक्षाकर्मीका टोली परिचालन गरिएको छ। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोली सडकमा परिचालन भएको देख्न सकिन्छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बिहानैदेखि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको बताए। 

नेकपा विभाजनपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आइरहेका छन्। ओली बिहान ८ बजेर १५ मिनेटमा श्री एयरलाइन्सको विमानमार्फत धनगढी आउने कार्यक्रम तय भएपनि प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको छ। 

मौसम खुल्दै गए १० बजेसम्म काठमाडौँबाट विमान उड्ने श्री एयरलाइन्सले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस