धनगढी जेसिजका अध्यक्ष पाठकलाई पितृ शोक
धनगढीः नवजीवन सहकारीका सञ्चालक समिति सदस्य गोपाल पाठक र धनगढी जेसिजका अध्यक्ष श्याम पाठकलाई पितृ शोक परेको छ।
सहोदर दाजुभाइ पाठकका बुवा बुद्धिराज पाठकको गएराति ११ बजेतीर धनगढीस्थित निवासमै निधन भएको हो।
लामो समयदेखि दम रोगबाट पीडित पाठक शिक्षक पेशाबाट सेवानिवृत भएका थिए।
डोटीको बोगटानफुडसिल गाउँपालिकाको खत्याडी माध्यमिक विद्यालयमा पाठकले झण्डै ३० वर्ष अध्यापन गराएका थिए। हाल उनी धनगढीमै बस्दै आएका थिए।
पाठकको बिहान ९ बजे मोहना नदीको बडहरा आर्यघाटका लागि शव यात्रा सुरु हुने पारिवारीक स्रोतले जनाएको छ।