सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री घाइते

फाईल फोटो
फाईल फोटो
२०७७ पुष २४, ०६:५९ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाघोडी नगरपालिका–२ स्थित सडकखण्डमा बिहिबार दिउँसो से ५ प ९९३६ नम्बरको मोटरसाइकलले  ठक्कर दिदा सोही ठाउँकी ४८ वर्षीया बासुदेवी बिष्ट घाइते भएको प्रहरीले जनाएको छ।

 सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते बिष्टको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल  र चालक अस्थायी ट्राफिक प्रहरी विट साडेपानीको नियन्त्रणमा छन्। 
 

कमेन्ट लोड गर्नुस