डोटीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
डोटी: संक्रान्ती मेलाको अवसरमा डोटीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
गहनान सामुदायिक युवा क्लबको आयोजनामा पुष २६ गतेदेखि शिखर नगरपालिका–१० बानेडुग्रीसैनमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्रतियोगितामा डोटीलगायत अन्य जिल्लाबाट समेत सहभागितम जनाउन पाइने क्लबका अध्यक्ष तेज भुलले बताए।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख ५५, द्धितीय हुनेलाई ५० हजार ५५ र तृतीय हुनेलाई २५ हजार ५५ पुरस्कारसहित प्रमाण पत्र र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ।