सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको नेपाल–भारत जोड्ने झोलुंगे पुल खुलाउन अनुरोध गरिने

२०७७ पुष २१, ०४:०७ खबर संवाददाता

दार्चुला: गत चैत ११ गतदेखि बन्द रहेको दार्चुलास्थित नेपाल भारत जोड्ने झोलुंगे पुल खोल्न सरकारलाई प्रस्ताव गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जनप्रतिनिधिसहितको सर्वपक्षीय बैठकले नेपाली मजदुर र विद्यार्थीहरु मार्कामा परेको भन्दै सिमा पुल खोल्न प्रस्ताव गरेको हो।

कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि गत चैत १० गतेदेखि बन्द गरिएको खलंगा झोलुङ्गे पुल नियमित रुपमा खुलेको छैन्। 

पुल नखुल्दा सीमा क्षेत्रका नागरिकको आर्थिक, सामाजिक जीवनमा प्रभाव परेको भन्दै सीमा पुल नियमित रुपमा खोल्न नेपाल सरकारलाई अनुरोध गने निर्णय गरिएको हो।


 

कमेन्ट लोड गर्नुस