सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युत सेवा अवरुद्ध हुँदा दार्चुलावासीलाई सास्ती

२०७७ पुष २०, ०३:१२ खबर संवाददाता

दार्चुला: दार्चुलाको बलाँच सबस्टेशन अन्तरगत राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध बनेको छ।

आइतबार बिहानदेखि चमेलियाबाट ल्याइएको ११ केभी क्षमताको प्रसारण लाइन अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ। 

विद्युत सेवा अवरुद्ध बन्दा जिल्लावासीले अन्धकारमा बस्नुपरेको छ। बलाँच सवस्टेशन सञ्चालन नहुँदा शैल्यशिखर नगरपालिका, मार्मा, लेकम, डिलाशैनी गाउँपालिका लगायत क्षेत्रमा विद्युत सेवा पूर्णरुपमा अवरुद्ध भएको हो। यस्तै सदरमुकाम खलंगामा विद्युत आउने जाने भइरहेको छ भने गोकुलेश्वर क्षेत्रमा दुई दिनदेखि विद्युत पूर्णरुपमा अवरुद्ध भएको छ।

राष्ट्रिय प्रसारण लाइन अवरुद्ध हँुदा उज्यालो बाल्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, विद्युतबाट चल्ने मेसिनहरु चलाउन नसकिएको स्थानीले बताएका छन्।  

बलाँच क्षेत्रमा विद्युत अवरुद्ध हुनुको कारण नै पत्ता नलागेकोले मर्मतको काम गर्न नसकिएको वितरण केन्द्रले जनाएको छ। 

विद्युत सेवा अवरुद्ध भएसंगै दार्चुलाको अधिकांश क्षेत्रमा सञ्चार सेवा समेत अवरुद्ध भएको छ।
 

कमेन्ट लोड गर्नुस