सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भीरबाट लडेर एक जनाको मृत्यु

२०७७ पुष २०, ०१:२६ खबर संवाददाता

डोटीः डोटीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ वाडीका ६० वर्षीय काले भुलको भीरबाट लडेर ज्यान गएको हो।

आइतबार दिउँसो गोरु गोठालो गएका उनी साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी कार्य गरेका थिए। सोमबार बिहान उनको शव घरबाट २ किलोमिटर टाढा भेटिएको स्थानीयले बताएका छन्। 

भुल जौपुल्ले भीरबाट लडेर मृत अवस्थामा भेटिएको स्थानीय नारद नेपालीले बताए। 


 

कमेन्ट लोड गर्नुस