धनगढीबाट बझाङतर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाइते
धनगढी: बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
धनगढीबाट बझा तर्फ गईरहेको अनटेस्ट ट्याक्टर सोमबार बिहान २ बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउपलिका ९ बाँजपानीमा दुर्घटना भएको हो।
दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका–५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका–४ कै २० वर्षीय कृष्ण बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका बैतडीले जनाएको छ।
घाइते दुवैजनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
ट्याक्टर सडकबाट करीब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।