बाजुरामा महिलाको कोठामा गएर दुर्व्यवहार गरेको आरोपमा युवक पक्राउ
बाजुरा: बाजुरामा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ छन्। जिल्लाको बुढीगंगा नगरपालिका–७ लामागाँउका अन्दाजी ३८ वर्षीय भरतराज गिरी महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन।
शनिबार राति गिरीले आफु घरमा एक्लै भएको बेला कोठामा आएर दुर्व्यवहार गरेको ती महिलाले आरोप लगाएकी छिन्। महिलाले टेलिफोनमार्फत उक्त जानकारी दिएपछि गिरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
अब महिलाको जाहेरीका आधारमा थप अनुसन्धान थाल्ने प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए।