बैतडीमा स्काभेटर दुर्घटनामा परी कैलालीका युवकको मृत्यु
बैतडी: बैतडीमा स्काभेटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
शनिबार जिल्लाको मेलौली नगरपालीका–३ ठुलोखोलास्थित पाटन–पञ्चेश्वर सडकखण्डमा बा२क २०६ नम्बरको स्काभेटर दुर्घटना हुँदा कैलालीको चुरे गाउँपालिकाका २५ वर्षीय हेमन्त धामीको मृत्य भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार क्रसरको मेसिन अनलोड गर्ने क्रममा स्काभेटर रोडबाट ३० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु भएका युवक सोही स्काभेटरका चालक भएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पाटन बैतडीबाट टोली पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए।