सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष विष्टलाई कोरोना पुष्टि

२०७७ पुष १६, ०३:५७ खबर संवाददाता

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

गाउँपालिकाका इन्जिनियरमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर विष्टको स्वाब परीक्षण गरिएको थियो। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो।

अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको  र घरमै आइसोलेसनमा बसिरहेको अध्यक्ष बिष्टले बताए।  साथै आफ्नो सम्पर्कमा रहेकाहरुलाई कोरोना परीक्षण गर्न पनि अध्यक्ष बिष्टले आग्रह गरेका छन्। 

यसअघि गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले एक हप्ताका लागि सम्पूर्ण सेवा बन्द गरिसकेको छ। 

कमेन्ट लोड गर्नुस