सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

२०७७ पुष १६, ०२:०५ खबर संवाददाता

धनगढी: लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम बाट सेमिफाइनलमा प्रवेश गरेको छ।

सुदूरपश्चिमले आफ्नो समूह ‘बी’ चरणको अन्तिम खेलमा बागमतीलाई २८ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो। 

जितका लागि ७७ रनको विजयी लक्ष्य पछ्याएको बागमती निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रन बनाएको थियो।  

समूह ‘ए’ बाट एपिएफ विजेता र लुम्बिनी उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। समूह ‘बी’ बाट प्रदेश १ र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका छन्। 

सेमिफाइनल पुस १८ र फाइनल १९ मा हुनेछ।

कमेन्ट लोड गर्नुस