सुदूर नेपाललाई विश्वसँग जोड्दै

१०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

२०७७ पुष १६, ११:५२ रासस

काठमाडौँ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको छ । 

छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

प्रतितोला ९१ हजार ९५० रुपैयाँमा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा १०० रुपैयाँले घटेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला एक हजार २०० रुपैयाँमा कारोवार भएको छ ।

कमेन्ट लोड गर्नुस