युएनडी फुटसलको उपाधि फारवेष्ट पशुपतिलाई

धनगढी: १ लाख बढी धनराशीको युएनडी खुल्ला फुटसल प्रतियोगिताको उपाधि महालक्ष्मी विजुली भण्डार फारवेष्ट पशुपति युवा क्लबले जितेको छ।
फ्ल्याटल्याण्ड फुटसल प्रतियोगितामा बुधबार भएको फाईनलमा स्टार सिटी युवा क्लबलाई ९–१ को फराकिलो अन्तरले हराउँदै महालक्ष्मी विजुली भण्डार फारवेष्ट पशुपति युवा क्लबले उपाधि जितेको हो।
उपाधिसँगै क्लबले नगद ६१ हजार सहित प्रमाण, मेडल र ट्रफी प्राप्त गरेको छ। उपविजेता स्टार सिटीले नगद २५ हजारसहित प्रमाण, मेडल र ट्रफी प्राप्त गरेको छ। प्रतियोगिताको तेस्रो स्थान सिआर सेभेन भयो। उसले द टुईन्स क्लबलाई हराउँदै नगद ११ हजार सहित प्रमाण, मेडल र ट्रफी प्राप्त गरेको छ।
युएनडीको आयोजनामा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ।
युएनडीका अध्यक्ष योगेश भण्डारीको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका उपमेयर सुशिला मिश्र भट्ट तथा विशिष्ठ अतिथि धनगढी उपमहानगरपालिका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी रहेका थिए।
३ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २० वटा टीमहरुले सहभागीता जनाएको प्रतियोगिताका संयोजक महेश जोशीले जानकारी दिए।


