सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाट नाका खुल्दा ४५ जनाले पेन्सन बुझे

२०७७ पुष १५, ०५:३९ खबर संवाददाता

बैतडी: बैतडीको झुलाघाट नाका एकदिनका लागि खुलेपछि ४५ जना पेन्सनधारीहरुले पेन्सन बुझेका छन्।  

पेन्सन बुझ्न बाँकी रहेका नागरिकका लागि भारतीय पक्षसँग समन्वय गरेर एकदिनका लागि नाका खोलिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। 

नेपाली पक्षले ३ दिनका लागि नाका खोल्न प्रस्ताव गरेको भएपनि भारतीय पक्षले एकदिन मात्रै नाका खोल्ने सहमति दिएको हो। 

यो भन्दा पहिला पेन्सन बुझ्न बाँकी रहेका र विभिन्न कागजपत्र बुझाउन बाँकी रहेका नागरिकका लागि नाका खोलिएको सहायक प्रमुख जिल्ला अधिकारीले नेगीले बताए। 


 

कमेन्ट लोड गर्नुस