सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावललाई वनमन्त्री आलेको ‘काउन्टर’: उनले सुदूरपश्चिमका लागि एक माखा पनि मारेनन्

फाइल फोटो
फाइल फोटो
२०७७ पुष १५, ०४:३९ खबर संवाददाता

धनगढी: नवनियुक्त वन तथा वातावरण मन्त्री प्रेम आलेले नेकपा (प्रचण्ड–माधव) समूहका नेता भीम रावल विरुद्ध विष ओकलेका छन्।

बुधबार केपी शर्मा ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा मन्त्री आलेले नेता रावलले सुदूरपश्चिमका लागि एउटा काम पनि नगरेको आरोप लगाएका छन्।

आलेले धनगढीमा रावलले आफुलाई ‘चोरलाई साँचो बुझाइएको’ भन्ने अभिव्यक्ति दिएका प्रति आपत्ति जनाएका छन्। उनले भने ‘डाक्टर भीम रावलले सुदूरपश्चिमलाई डिकबन्दी राखेर ४ पटक उपप्रधानमन्त्री पटकपटक पैताला चाटेर भएको कुरा याद गर्नुहोस्। उहाँले सुदूरपश्चिमका लागि एउटा पनि माखा मार्न सक्नुभएन्। त्यसैले अब भीम रावलले गर्दै आएको दादागिरी सकियो। उहाँको अन्त्य निश्चित छ।’

यस्तै उनले पार्टी फुट्नुमा भीम रावलको हात भएको आरोप लगाएका छन्। ‘पार्टीका नेतालाई यता उस्काउने उता उस्काउने काम मात्रै हो डाक्टर रावलको। यो पार्टी फुटाउन उनै डाक्टर रावलको हात छ’ उनले आक्रोशित हुँदै भने। 
यस्तै मन्त्री आलेले १७ गते आफु डोटी जाने र ओली पक्षमा कति कार्यकर्ता छन् भनेर नेता रावललाई देखाउने चुनौती दिएका छन्।  

मंगलबार धनगढीमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभामा बोल्दै नेता भीम रावलले वन मन्त्री आलेलाई चोरको संज्ञा दिएका थिए। 

नवनियुक्त वनमन्त्री आलेलाई नेता भीम रावलको कटाक्षः चोरलाई साँचो
 


 

कमेन्ट लोड गर्नुस