सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले गरेको गल्तीबारे जनतालाई जानकारी दिन आन्दोलन : मन्त्री भट्ट

२०७७ पुष १४, ०४:४४ खबर संवाददाता

बैतडी: सुदूरपश्चिम प्रदेश सरकारकी उद्योग, वन तथा वातावरण मन्त्री माया भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्तीबारे जनतालाई जानकारी दिन आन्दोलन गरेको बताइन।

मंगलबार नेकपाको प्रचण्ड–नेपाल समूहले बैतडीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले ओलीले जनमतको अपमान गरेको आरोप लगाइन।  

‘केपी ओलीले अहिले असंवैधानिक कदम चालेकाले हामीहरु आन्दोलनमा आएका छौं। सरकारले गम्भीर गल्ती गरेको छ भनेर जनतालाई जानकारी दिनका लागि हामी आन्दोलनमा आएका हौं’ उनले भनीन। 

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर अलोकतान्त्रिक र असंवैधानिक कार्य गरेकाले त्यसको विरोधमा प्रदर्शन गरिएको नेकपाको प्रचण्ड–नेपाल पक्षधर जिल्ला सचिव प्रेमप्रकाश भट्ट (आदित्य)ले बताए।  

सदरमुकाममा आयोजना गरिएको र्यालीपछि गोठलापानीमा आयोजित कोणसभामा नेताहरुले प्रचण्ड–नेपाल समूह नै आधिकारिक नेता भएको दाबी गरेका छन्। 

कमेन्ट लोड गर्नुस