सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ३ लाख बढी रकमसहित २२ जुवाडे पक्राउ

२०७७ पुष १४, ०२:२९ खबर संवाददाता

दार्चुला: दार्चुला प्रहरीले ३ लाख बढी रकमसहित २२ जुवाडेलाई पक्राउ गरेको छ। जिल्लाको महाकाली नगरपालिका–४ विद्यानगर टोलबाट उनीहरुलाई पक्राउ गरिएको हो।

स्थानीय गोविन्दबहादुर धानुकको घरमा जुवातास खेलिरहेको अवस्थामा ३ लाख ३७ हजार ७ सय ६७ रुपैँयासहित २२ जना पुरुषहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  

पक्राउ परेका जुवाडेहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी नायव उपरीक्षक भास्कर चन्दले बताए। 

कमेन्ट लोड गर्नुस