सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो सुनको मूल्य

२०७७ पुष १४, ०१:३४ रासस

काठमाडौंँ: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ८०० ले ओरालो लागेको छ। प्रतितोला ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन प्रतितोला ९४ हजार ९०० मा सोमबार कारोवार भएको थियो। 

यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकामा आज प्रतितोला ९३ हजार ६०० मूल्य निर्धारण भएको छ। तेजाबी सुन पनि प्रतितोला ८०० ले घटेको छ। 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ ले घटेको छ। प्रतितोला एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० मूल्य निर्धारण भएको छ।

कमेन्ट लोड गर्नुस