सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ विमानस्थलबाट डेढ किलो यार्सागुम्बासहित एक जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ पुष १३, ०३:०० खबर संवाददाता

प्रताप ओली, बझाङ : बझाङ विमानस्थलबाट डेढ किलो बढी यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्। 

सोमबार बझाङबाट नेपालगन्जका लागि उडान हुने समिट एयरको जहाजमा सवार हुन लागेका यात्रु हुम्ला नाम्खा गाउँपालिका–२ का ४३ वर्षीय छिटुप तामाङलाई चेकजाँच गर्ने क्रममा यार्सागुम्बा फेला परेको हो।

विमानस्थल देवलमा खटिएको प्रहरी टोलीले उनका साथबाट १ किलो ७ सय ५ ग्राम अवैध यार्सागुम्बा फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रसाद चौधरीले बताए। 

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयको हिरासतमा राखी डिभिजन वन कार्यालयले अनुसन्धान गरिरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस