सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भम्केनी धाम दर्शन गर्न आउने पर्यटकको संख्या बढ्दै

फोटो : नेपाल बोध
फोटो : नेपाल बोध
२०७७ पुष १३, १२:०५ खबर संवाददाता

धनगढी : कञ्चनपुरको भम्केनी धाम दर्शन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका -८ स्थित भम्केनी धामलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न थालिएपछि पर्यटक तथा दर्शनार्थीहरुको संख्या बढ्दै गएको हो ।

कोरोना भाइरसले गर्दा भम्केनी धाममा पर्यटकहरु आउनेक्रम घटेको भएपनि पछिल्लो समय दैनिक दुई सय जनाभन्दा बढी आन्तरिक पर्यटक दर्शनका लागि आउने गरेको बताइएको छ ।

त्यस्तै धाममा ७५ फिट अग्लो नेपाल आमा नामाङ्कित देवीको मुर्ति समेत निर्माण भइरहेको छ । भम्केनी धाममा सुदूरपश्चिमका नौ जिल्लाको नामबाट नौ ओटा कुण्डका साथै सूर्य कुण्ड, गणेश कुण्ड, अग्नी कुण्ड लगायतका अन्य पाँच कुण्ड समेत निर्माण भइरहेका भम्केनी धामका पुजारी नन्ददास शरणले बताए ।

पाँच पाण्डवहरुले वनवासको समयमा यस क्षेत्रका कुवाहरुमा पानी निकाल्दा भक्कानिएर पानी आएकोले यसलाई भम्का भनिएको र यस क्षेत्रको इतिहास महाभारतसँग जोडिएको जानकारहरु बताउँछन् । 

 

कमेन्ट लोड गर्नुस