सुदूर नेपाललाई विश्वसँग जोड्दै

पक्षघात भएका बालबालिकाका लागि खाद्यान्न सहयोग

। फोटो स्रोत ।
२०७७ पुष १२, ०९:०९ रासस

गण्डकी : पोखरा फोटोग्रफर सङ्घ महिला उपसमितिले मस्तिष्क पक्षघात भएका बालबालिकालाई सहयोग गरेको छ । 

दानपेटिकामा सङ्कलन भएको रकम १७ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो । उपसमितिले एक वर्षसम्मको अवधिमा सङ्कलित रकमबाट सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक पूर्णकुमारी थापाले जानकारी दिए । 

उनका अनुसार कोरोना भाइरसको असहज परिस्थितिमा पनि सङ्घमा आबद्ध दिदीबहिनीबाट अन्य खर्च कटाएर सङ्कलन गरेको रकम मस्तिस्क पक्षघात भएका बालबालिकालाई प्रदान गरिएको हो । मस्तिष्क पक्षघातका कारण असहज परिस्थितिमा परेका बालबालिकाका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने साथी संसार नेपालका खुमकुमारी रानाको भनाइ छ । 

सो अवसरमा सङ्घका सदस्य नन्दकला पौडेल, पोखरा फोटोग्राफर सङ्घका निवर्तमान अध्यक्ष तुल्सीराम अधिकारीलगायतले फरक क्षमता भएका बालबालिकाका लागि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कमेन्ट लोड गर्नुस