सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हाटबजारको उद्घाटनमा किसानलाइ सम्मान

फोटो :  लक्षीराम आचार्य
फोटो : लक्षीराम आचार्य
२०७७ पुष ११, ०९:३९ खबर संवाददाता

धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर १८ मा आज सुदूरपश्चिम कृषि तथा पशु हाटबजार उद्घाटन कार्यक्रममा केरा किसान लक्षीराम आचार्य सहितका किसानरूलाई सम्मान गरिएको छ।

भारतीय केराको आयात रोक्नु पर्ने भन्दै आन्दोलन गरेका केरा किसान आचार्यलाई सम्मान गरेको हो।

टीकापुरका किसान टेकेन्द्र धामी, कञ्चनपुरका सुरेन्द्र चौधरी र पूर्ण साउँदलाई समेत सम्मान गरिएको छ। त्यस्तै, तरकारी किसान राजु चौधरी, टेकराज जोशी, भगीरथ भण्डारी र टेकराज ओझालाई समेत सो अवसरमा सम्मान गरियो। 

उनीहरुलाइ नगर प्रमुख नृपबहादुर वडले दोसल्ला ओढाएर सम्मान गरेका हुन्। साथै उनीहरुलाइ प्रशंसापत्र समेत प्रदान गरेका छ। नगर प्रमुख वडले सरकारहरुले समयमै कृषकहरूका समस्या सम्बोधन गर्नेतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए। 

कमेन्ट लोड गर्नुस