संसद् विघटन गरेको विरोधमा डडेल्धुरामा जसपाले निकाल्यो राँके जुलुस
२०७७ पुष ११, ०६:०७
डडेल्धुराः संघीय संसद् विघटन गरेको विरोधमा डडेल्धुरामा राँके जुलुस निकालिएको छ।
जनता समाजवादी पार्टी नेपालले जिल्ला सदरमुकाममा जुलुस निकालेको हो।
जुलुसका क्रममा जसपाका कार्यकर्ताले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी गरेका थिए।
उक्त जुलुस तुफानडाँडाबाट बागबजारसम्म निकालिएको थियो।
कमेन्ट लोड गर्नुस