सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीः क्षति पूर्तिको माग गर्दै केआइसिंह राजमार्ग अवरुद्ध

फाइल फोटो
फाइल फोटो
२०७७ पुष ११, ०४:५१ खबर संवाददाता

डोटीः स्याउले दिपायल जोड्ने डा केआइसिंह राजमार्ग अवरुद्ध गरिएको छ।

बिहीबार राति डोटीको शिखर नगरपालिका–६ तल्कोटमा से १ त १००९ नम्बरको कारको ठक्करबाट आठ वर्षीय बालक गोरख बलायरको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले आज बिहानदेखि सो राजमार्ग बन्द गरेका छन्।

राजमार्गअवरुद्ध गरिएका कारण यहाँका पहाडी जिल्लाबाट तराई जान हिँडेका तथा तराईबाट पहाडी जिल्ला आउने दर्जनौँ सवारीसाधन तथा सयौँ यात्रु शिखर नगरपालिका–६ तल्कोटमा अल्पत्र अवस्थामा परेका छन्। 

अवरुद्ध गरिएको राजमार्ग खुलाउनका लागि पीडित पक्षसँग पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए। उनले भने “मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्, राजमार्ग खोल्ने प्रयास भइरहेको छ।” बालकलाई ठक्कर दिने कार चालक कैलाली धनगढी उपमहानगरपालिका–१ का ५६ वर्षीय माधव गिरीलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस