अखिल छैठौं डडेल्धुराले मनायो १२८औं माओ जयन्ती
डडेल्धुराः राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(छैठौं) ले विश्व कम्युनिस्ट आन्दोलनका महान पुरुष एवं चिनिया कम्युनिस्ट नेता माओत्सेतुङको १२८ औं जन्मजयन्ती मनाएको छ।
अखिल (छैठौं) जिल्ला समितिको आयोजनामा डडेल्धुराको गन्यापधुरा गाउपालिकाको वडा नम्बर १ स्थित सरस्वती मावि मा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य लालबहादुर जाग्रीले समसामयिक राजनिती, विश्व कम्युनिस्ट आन्दोलनमा माओको योगदान लगायतका विषयमा आफ्नो बिचार राखेका थिए।
अखिल (छैठौं) जिल्ला अध्यक्ष टंक अवस्थीको सभापतित्व रहेको कार्यक्रमको स्वागत छैठौं जिल्ला सह सचिव जनक तिमिल्सिना, संचालन जिल्ला सचिव कर्म जोशीले गरेका थिए।
उक्त कार्यक्रमलाई अखिल छैठौं बझाङ अध्यक्ष भरत धामीले पनि सम्बोधन गरेका थिए।