सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम प्रहरीद्धारा घरेलु मदिरा नष्ट

२०७७ पुष १०, ०५:२८ खबर संवाददाता

अछाम प्रहरीले अवैध न्युन गुणस्तर मदिरा र घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम मातहत ईलाका पहरी कार्यालय घुघुरकोट अछामबाट खटिएको प्रहरी टोलीले साँफेबगर नगरपालिका  वडा नम्बर १३ का विभिन्न स्थानहरुबाट तयारी घरेलु मदिरा ७० लिटर, पास १४५ लिटर र न्युन गुणस्तर मदिरा १५ लिटर बरामद गरि नष्ट गरेको प्रहरीले जनाएको छ । 

यस्तै ईलाका प्रहरी कार्यालय साँफेबगर अछाम बाट खटिएको गूती टोलील साँफेबगर नगरपालिका ५ बाट तयारी घरेलु मदिरा १० लिटर नष्ट गरेको छ । 

यस्तै प्रहरी चौकी मेल्लेख अछामबाट खटिएको गस्ती टोलीले मेल्लेख गाउंपालिका वडा नम्बर ५ बाट न्युनगुणस्तर मदिरा ८१ लिटर बरामद गरि स्थानिय जनप्रतिनिधी र भद्रभलादमीहरुको रोहवरमा नष्ट गरिएको जनाइएको छ । 
 

कमेन्ट लोड गर्नुस