सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा कारको ठक्करबाट बालकको मृत्यु

२०७७ पुष १०, ०८:४६ खबर संवाददाता

धनगढीः डोटीमा कारको ठक्करबाट बालकको मृत्यु भएको छ। 

धनगढीबाट सिलगढीतर्फ जादै गरेको से १ त १०९ नम्बरको निजी कारको ठक्करबाट घाइते भएका ६ वर्षीय बालक गौरव बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका बलायरको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो। 

कार र चालकलाई डोटी प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस